११ कार्तिक २०८१, आइतबार 1730066627
Banner

दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । हिजोको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफमा चित्त नबुझाएर एमालेले संसद अवरोध गरेपछि बैठक स्थगित भएको थियो ।

उच्चस्तरीय छानबिन समिति गठनमा सरकारको प्रतिवद्धता नआएको भन्दै नेकपा एमालेले हिजोको प्रतिनिधिसभा बैठक अवरोध गरेको थियो । ‘उच्चस्तरीय छानबिन समितिको मागलाई सम्बोधन गर्ने गरी सरकारको तर्फबाट प्रतिवद्धता जनाउनुहुन्छ भन्ने थियो, तर गृहमन्त्रीले उठेका विषयवस्तु भन्दा बाहिर गएर राजनीतिक प्रवचन दिनुभयो’ एमाले सचेतक महेश बर्तौलाले भने ।

बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालय जनाएको छ ।