१० कार्तिक २०८१, शनिबार 1729987490
Banner

प्रमाणित भए महरालाई कारबाही हुन्छ, ल्यारक्यालबारे टिप्पणी आवश्यक छैन : माओवादी

काठमाडौं । माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले सुन प्रकरणमा तथ्य र प्रमाण पुष्टि भए उपाध्यक्ष कृष्णबहादुर महरामाथि अनुसन्धान हुने बताएका छन् ।

बुधबार प्रवक्ता सापकोटाले पार्टी कार्यालय पेरिसडाँडामा प्रेसमिट गर्दै दोषी प्रमाणित भए कारबाही हुने बताएका हुन् ।

‘महराको विषयमा बहिर मिडियामा पनि धेरै समाचार आएका छन् । सुन प्रकरणमा आफूमाथि पनि सरकारले छानबिन गरोस् म सघाउन तयार छु भनेर बाहिर मिडिया र केन्द्रीय समिति बैठकमा पनि भनिसक्नुभएको छ । यदि तथ्य र प्रमाणले पुष्टि भए उहाँमाथि पनि छानबिन हुन्छ’,उनले भने ।

सुन प्रकरण लगायत विभिन्न काण्डको छानबिनलाई प्रधानमन्त्रीले निष्कर्षमा पुर्याउने प्रतिबद्धता जनाएकाले सबैले सरकारलाई सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै उनले संसदमा एमालेको अवरोध बार्गेनिङका लागि भएको आरोप लगाउँदै उनले सुन प्रकरणमा राज्यका आधिकारिक निकायले छानबिन गरिरहेकाले छुट्टै छानबिन समिति आवश्यक नभएको जिकिर गरे ।

सापकोटाले ल्यारक्याल लामाको नियुक्तिबारे टिप्पणी गर्न आवश्यक नभएको बताए । “यसमा कुरा आयो । तर, टिप्पणी गर्न आवश्यक ठान्दिनँ,” उनले भने ।

पार्टी नेता लामालाई माओवादी कोटाबाट लुम्बिनी विकास कोषको कार्यकारी उपाध्यक्ष बनाइएको छ । उनी हातहतियार तथा खरखजानाका साथै दोहोरो राहदानीको विषयमा विवादित पात्र हुन् ।

Tags :