१० कार्तिक २०८१, शनिबार 1730002503
Banner

बढ्यो सेयरबजारमापक नेप्से परिसूचक

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक बढेको छ ।

निरन्तर तीन दिन घटेको नेप्से आज ४१.०६ अंकले बढेर २०६०.९१ को विन्दुमा पुगेको छ ।

आज २६५ धितोपत्रको ५० लाख १० हजार ७१६ कित्ता सेयर एक अर्ब ८८ करोड ८३ लाख २६ हजार ४६९ रुपैयाँमा कारोबार भएको छ । आज सेन्सेटिभ इन्डेक्स पनि १.९४ प्रतिशतले बढेर ३९३.०५ को विन्दुमा पुगेको छ । आज १३ वटा उपसमूहमध्ये १२ वटाको समूहगत सूचक बढको छ । आज ट्रेडिङ उपसमूहको समूहगत सूचक सर्वाधिक ३.६२ प्रतिशतले बढेको छ । आज म्युचुअल फन्ड उपसमूहको समूहगत सूचक ०.४१ प्रतिशतले घटेको छ ।

आज हिमालयन लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ९.८३ प्रतिशतले बढेर प्रतिकित्ता ६५९ रुपैयाँ कायम भएको छ । सेन्चुरी डिबेन्चर २०८८ को सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले घटेको छ ।