८ मंसिर २०८१, शनिबार 1732349921
Banner

विद्युत् प्राधिकरणले सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ले सर्वसाधारणमा शेयर जारी गर्ने प्रक्रिया अघि बढेको बताएका छन् ।
बिहीबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आईपीओ निष्कासनको प्रक्रिया सुरू भएको बताएका हुन्।

त्यसका लागि प्राधिकरणको क्रेडिट रेटिङ इक्रा नेपालबाट गराउँदा डबल ए प्लस प्राप्त गरेको उनले जनाएका छन् । विद्युत प्राधिकरण ऐन २०४१ अनुसार शेयर जारी गर्न लागिएको घिसिङले जानकारी दिए । उनले प्राधिकरणको सम्पत्ति मूल्यांकन कार्य पनि सकिएको बताएका छन् ।

यद्यपि यो पटक प्राधिकरणको नाफा प्रभावित भएको छ । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७९र८० को अपरिस्कृत वित्तीय विवरणअनुसार १२ अर्ब ३३ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७८र७९ मा खुद नाफा बढेर १३ अर्ब ३७ करोड रूपैयाँ पुगेको थियो ।

Tags :