काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका सांसद डा. सुनील शर्मा पक्राउ परेका छन् ।
सांसद शर्माले केही दिनयता संसद् र संसद्बाहिर समेत सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा प्रकाशरण महतमाथि नै अनुसन्धान गर्नुपर्ने भन्दै आएका थिए।
उनी बिहीबार काठमाडौंको गोल्फुटारस्थित निवासबाट उनलाई पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जनाएको छ । तर, गृहमन्त्रालयले सांसद शर्मालाई नक्कली सर्टिफिकेट प्रकरणमा अनुसन्धान गर्न पक्राउ जनाएको छ ।
प्रहरीले डा शर्मा पक्राउ पर्नुको कारण खुलाएको छैन । शर्मा गत निर्वाचनमा मोरङ ३ बाट निर्वाचित सांसद हुन् ।