२७ बैशाख २०८३, आइतबार 1778398903
Banner

प्रतिनिधिसभा बैठक २९ गतेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक २९ गतेसम्मका लागि स्थगित भएको हो ।

सुन प्ररकणमा उच्चस्तरीय छानबिन समितिको माग राख्दै एमालेले सदन अवरोध गर्दै आएको छ ।

एमालेका सांसदहरूले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गरेका थिए । एमालेकी सांसद ज्वालाकुमारी शाहले छानबिन समिति गठन नगरेसम्म सदन नचल्ने बताइन् ।

एमाले सांसदहरूको निरन्तर नाराबाजीपछि सभामुखले साउन २९ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

Tags :