काठमाडौं । सांसद सुनील शर्मालाई म्याद थपका लागि सरकारी वकीलको कार्यालयमा लगिएको छ ।
सरकारी वकिल कार्यालयमा लगेपश्चात उनलाई म्याद थपका लागि जिल्ला अदालत लगिनेछ । सांसद शर्मालाई नक्कली प्रमाणपत्र प्रकरणमा अनुसन्धान गर्न सीआईबीले पक्राउ गरेको थियो । उनी हिजो नक्कली सर्टिफिकेटको आरोपमा पक्राउ परेका थिए ।
यसै क्रममा आज नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सरकारले कांग्रेसका नेताहरूलाई मात्र धरपकड गरिरहेको भन्दै असन्तुष्ट प्रकट भएको छ ।
संसद भवनको ल्होत्से हलमा आयोजित दलको बैठकमा सांसद उदयशमसेर जबराले अदालतले अनुसन्धान गर्न आदेश दिएका कम्युनिष्ट नेता तथा पूर्वप्रधानमन्त्रीहरुलाई विदेश भ्रमणमा जान दिएर कांग्रेस नेताहरूलाई मात्र टार्गेट गरिएको बताए ।