७ भदौ २०८३, आइतबार 1787491645
Banner

सरकारले सांसद सुनीलमाथि प्रतिशोध साध्यो : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा‍। शेखर कोइरालाले सुन काण्डको विषयमा बोल्दा सरकारले सांसद सुनिल शर्मामाथि प्रतिशोध साँधेको आरोप लगाएका छन् ।

शनिबार भक्तपुर क्षेत्र नम्बर २ ले गरेको क्षेत्रीय सभालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । राजनीतिमा प्रतिशोध राख्ने प्रवृत्ति भित्रिए त्यसले व्यक्ति, पार्टी र देशलाई समेत क्षति पुर्‍याउने उनले बताए ।

नेता कोइरालाले शर्माले कुनै गलत गरेको भए त्यसको छानबिन र कारबाही हुनुपर्ने तर खुलेआम प्रतिशोध राखेर कुनै कारबाही गर्न नमिल्ने बताए ।

नेता कोइरालाले सुन काण्ड बाहिरिएपछि बाँकी सबै काण्डहरू ओझेलमा पार्ने प्रयास भइरहेको भन्दै आशंका व्यक्त गरे ।
‘सुन काण्डका विषयमा नेपाली कांग्रेसकै एक सांसदले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुभयो । उहाँका गल्ती कमजोरीहरू होलान्, त्यसको छानबिन र कारबाही हुनुपर्छ ।

तर प्रतिशोधको भावनाले अघि बढ्ने हो भने हामीले देशलाई कहाँ पुर्‍याउन खोजिएको हो रु यो अहिले गम्भीर विषय हो जस्तो लागिरहेको छ,’ उनले अघि भने, ‘राजनीतिमा जब प्रतिशोधको भावना सुरू हुन्छ तब राजनीति राजनीति नै रहन्नँ, त्यसले व्यक्तिलाई क्षति गर्छ, दलहरूलाई बिगार्छ र देशलाई पनि क्षति पुर्‍याउँछ ।’

Tags :