१० कार्तिक २०८१, शनिबार 1730001816
Banner

प्रचण्ड–माधव दक्षिणपन्थी स्वार्थको झोले भएको ओलीको टिप्पणी

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल दक्षिणपन्थी स्वार्थको झोले भएको टिप्पणी गरेका छन् । मंगलबार बागमती प्रदेश कमिटीलाई प्रशिक्षणका क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले भने, ‘हामीलाई पनि झोले भन्छन् । तर, खास वामपन्थी देखिएर दक्षिणपन्थीको झोला बोकेर कुदेका छन् । त्यसलाई भन्छन् झोले । नामका वामपन्थी, साइनबोर्ड वामपन्थी, स्वार्थहरुको झोला बोकेका छन् दक्षिणपन्थीको झोले भनेको दक्षिणपन्थी स्वार्थका झोला बोक्नेहरु हुन् । शब्द नराम्रो लागेपनि मिलाएर बुझ्नुहोला ।’
नेता नेपालले एमालेमै हुँदा पनि वामपन्थी दुई तिहाइको सरकार ढाल्नको लागि दक्षिणपन्थी सरकार बनाउनको लागि भोट हालेको बताए ।

Tags :