७ मंसिर २०८१, शुक्रबार 1732329209
Banner

संसद विघटन नगरेको भए एमाले ध्वस्त हुन्थ्यो: केपी शर्मा ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०७७ पुस ५ गते संसद् विघटन नगरेको भए नेकपा एमाले पार्टी ध्वस्त हुने बताएका छन् ।

मंगलबार काठमाडौंको जोरपाटीमा बागमती प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा बोल्दै यस्तो बताएका हुन् ।

‘हामीले पुस ५ गते संसद् विघटनको सिफारिस गर्‍यौं। हामीले ठीक ठानेर गर्‍यौं। ठीक भनेर गर्‍यौं। ठीक थियो र गर्‍यौं। नगरी नहुने थियो र गर्‍यौं। विलकुलै समसामयिक कदम चाल्यौं,’ उनले भने, ‘यो नगरेको भए हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो। ध्वस्त पार्ने षड्यन्त्र भएको थियो। हामीलाई झुन्ड्याउन जुन डोरी उनीहरूले तयार गरेका थिए। त्यसलाई हामीले छिनालिदियौं।पुस ५ गतेको कदम भनेको त्यही हो। हामीलाई मार्न जुन डोरी बनाएका थिए, त्यो डोरी हामीहरूले काटिदियौं।’
प्रतिनिधि सभा पुनःस्थापना हुँदा पनि केही नबिग्रिएको र संगठन, वामपन्थी आन्दोलन ध्वस्त बनाउने प्रयास विफल बनाइएको ओलीको दाबी थियो।

‘संगठन, वामपन्थी आन्दोलन ध्वस्त बनाउन कुसुलेहरूले पुतली नचाइरहेका थिए। ती कुसुलेहरूलाई पनि बडा धक्का पर्‍यो,’ उनले भने।

Tags :