१० कार्तिक २०८१, शनिबार 1729987956
Banner

महरामाथि छानबिन गर्न निर्देशन दिएको छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरामाथि छानबिनका लागि निर्देशन दिएको बताएका छन् ।

बालुवाटारमा जारी प्रमुख सञ्चारमाध्यमका सम्पादकसँगको छलफलका क्रममा उनले सिआइबीलाई महरामाथि छानबिनका लागि निर्देशन दिएको बताएका हुन् ।

‘मैले सीआईबीका प्रमुख र आईजीपीलाई बोलाएर महराको नाम समावेश गर्नु गल्ती कि प्रतिवादी नबनाएर गल्ती गरेको हो ? सोधेँ, जवाफमा उनीहरूले नाम समावेश हुनु गल्ती हो भने’, प्रचण्डको प्रष्टीकरण थियो ।

आफूले महरालाई गिरफ्तार गरेर हुन्छ कि बयान लिएर हुन्छ प्रतिवादी बनाएर छानबिन गर्न निर्देशन दिएको प्रधानमन्त्रीले बताएका छन् । उनले सुन तस्करी प्रकरणमा लगातार सदन अवरोध गरेर सरकारलाई काम गर्न अप्ठ्यारो बनाएको गुनासोसमेत गरेका छन् ।
आजै पूर्वसभामुख तथा नेकपा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराले आफूले व्यापारीको सामान रोकिएको र सो सामान नरोक्न भनी फोन गरेको स्वीकारेका छन् । यद्यपि उनले आफूले सुन नै रोकिएको भनी थाहा नपाएको बताए ।

Tags :