१० कार्तिक २०८१, शनिबार 1729987523
Banner

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आजबाट नियमित सुनुवाइ हुने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आजदेखि काठमाडौं जिल्ला अदालतमा नियमित सुनुवाइ हुँदै छ । काठमाडौंको गौशालास्थित एक होटलमा एक नाबालिकलाई बलात्कार गरेको आरोपमा मुद्दा खेपिरहेका लामिछानेको मुद्दा आजबाट नियमित सुनुवाइ हुने भएको हो ।

यसअघि नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

तर उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । सर्वोच्च अदालतले भने लामिछानेलाई विदेशका प्रतियोगितामा भाग लिन जान पाउने आदेश दिएको छ । सोही आदेशअनुसार उनी विभिन्न प्रतियोगितामा भाग लिँदै आइरहेका छन् ।

Tags :