२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 2:11 pm
Banner

प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच छलफल जारी

सूचना प्रेस २०८० भदौ १ शुक्रबार ००:००, १०:०५ बजे १ मिनेट पढाइ

काठमाडौँ– झन्डै एक महिनादेखि अवरुद्ध संसद खुलाउन सभामुख देवराज घिमिरेले सक्रियता बढाएका छन् ।

सभामुख घिमिरेको सचिवालयका अनुसार जारी सदनको अवरोध खुलाउने विषयमा सभामुख घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा छलफल भइरहेको छ ।

सदन अवरोध भएपछि सभामुख घिमिरेले प्रधानमन्त्रीसँग एकल र समूहगत गरी पाँच पटक छलफल गरिसकेका छन् ।