काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले प्रचण्ड नेतृत्वको अहिलेको सरकार इतिहासकै सबैभन्दा लोकप्रिय रहेको दावी गरेका छन् ।
शनिबार पार्टीको उपत्यका विशेष प्रदेश समिति बैठकलाई सम्बोधन गर्दै पुनले यस्तो बताएका हुन् ।
सुशासन र शुद्धीकरणको कामलाई अघि बढाएका कारण सरकारलाई जनताले मन पराएको पनि उनको भनाइ छ ।
नेता पुनले भने–‘सरकारले सुशासन र शुद्धीकरणको कामलाई अघि बढाएको छ ।
सुशासनको जगमा समृद्धि हासिल गर्नेतिर सरकारको काम निर्देशित छ । इतिहासमा पहिलोपटक सरकार पपुलर ९लोकप्रिय० भएको छ ।
संसदमा तेश्रो शक्ति भएर पनि माओवादी अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गरिरहेको बताउँदै पुनले मुलुकलाई सही नेतृत्व गर्न सक्ने शक्ति आफ्नो दल र नेता प्रचण्डसँग मात्रै भएको उनले बताए ।