११ कार्तिक २०८१, आइतबार 1730031369
Banner

आन्दोलनमा फुटपाथ व्यवसायी

काठमाडौं । काठमाडौं महानगरपालिकाविरुद्ध सडकमा व्यापार–व्यवसाय गर्ने साना व्यवसायीहरु आन्दोलित बनेका छन् । महानगरका मेयर बालेन शाहका कारण आफूहरु विस्थापित बन्नु परेको भन्दै आइतबार उनीहरु राष्ट्रिय सभा गृह आगाडि आन्दोलित भएका हुन् ।

मेयर शाहले विना विकल्प जिविकोपार्जनका लागि काम गर्नेहरु विस्थापित हुनुपरेको उनीहरुको आरोप छ । उनीहरुले ‘गरिबको चमेली बोल्दिने कोही छैन’ भन्ने गीत गाएर महानगरविरुद्ध प्रदर्शन गरेका छन् ।

राष्ट्रिय सभा गृह आगाडि मुख्यद्वार छेकेर सडक फुटपाथ व्यवसायी, साइकल ठेलागाडा व्यवसायी र स्वतन्त्र युवाहरुले विरोध गरेका हुन् । महानगरले व्यक्तिगत जीवीकोपार्जनको साधनलाई कबाड बनाएर लिलाम गर्ने संविधान विरोधी काम गरेको भन्दै उनीहरूले मेयर बालेनको आलोचना गरेका छन् ।

महानगरको नीतिले १० हजार भन्दा बढी दैनिक ज्यालादारीमा निर्भर परिवारहरूलाई दुई छाक टार्नै गाह्रो भएको अभियन्ता विनोद देउवाले बताए ।

२ महिनादेखि आफूहरूको मागबारे महानगरलाई पटक पटक ध्यानाकर्षण गराउने का म भएपनि महानगर संवेदनशील नभएकोले बाध्य भएर प्रदर्शनमै उत्रिनु परेको उनीहरूले बताएका छन् ।

Tags :