८ मंसिर २०८१, शनिबार 1732420931
Banner

सर्वदलीय बैठक साँझ ७ बजे बस्ने

काठमाडौं । आज ४ बजेका लागि बोलाइएको सर्वदलीय बैठकको समय सरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपरान्ह ४ बजेका लागि बोलाएको सर्वदलीय बैठक साँझ ७ बजे बस्नेगरी सारिएको छ ।

मौसममा आएको खराबीका कारण सुर्खेतबाट प्रधानमन्त्री प्रचण्ड काठमाडौं फर्कन ढिलाई हुने भएपछि बैठकको समय सारिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै एमालेले अवरोध गरेको सदन खुलाउने प्रयासका लागि प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाएका हुन् ।

यसअघि आइतबार पनि बैठक बसेको थियो । आईतबारको बैठकमा एमाले अध्यक्ष ओली अनुपस्थित भएपछि आजका लागि सरेको हो ।