२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 6:43 pm
Banner

सुधारगृहबाट भागेका बालबालिका खोज्न २५ वटा टोली खटाइयो

सूचना प्रेस २०८० भदौ ४ सोमबार ००:००, १६:५९ बजे १ मिनेट पढाइ

काठमाडौं । भक्तपुरस्थित सानोठिमीमा रहेको बाल सुधारगृहमा रहेका बालबालिका त्यहाँबाट भागेका छन् । अपराध कार्यमा मुछिएर सुधारगृहमा राखिएका २५६ जना बालबालिका आज त्यहाँबाट भागेका हुन् ।

जसमध्ये ३२ जना बालिका रहेको बताइएको छ ।

भागेकामध्ये ८४ जना काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका छन् ।केहीलाई नियन्त्रणमा लिइएको भक्तपुर प्रहरीले जनाएको छ ।

भागेका बालबालिकालाई खोज्न २५ वटा टोली खटाइएको प्रहरीले जनाएको छ ।