२७ बैशाख २०८३, आइतबार 1778403608
Banner

जारी कांग्रेस पदाधिकारी बैठकका एजेन्डा के-के हुन् ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीमा पदाधिकारी बैठक सुरु भएको छ ।

केही बेरअघि सुरु भएको सो बैठकमा पार्टीको सांगठनिक गतिविधि र मुलुकको समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए।

बैठकमा केन्द्रीय समितिको निर्णय अनुसार साउन २० गतेदेखि ३० गतेसम्म सञ्चालन भएको पार्टी संगठन सुदृढीकरण अभियानको समीक्षा गर्नेछ।

यसैगरी सरकारले प्रमुख प्रतिपक्ष दल एमालेको माग अनुसार बनाउन लागेको उच्चस्तरीय छानबिन समितिको बारेमा पनि छलफल हुने बताइएको छ।

Tags :