९ मंसिर २०८१, आइतबार 1732436378
Banner

प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृत


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जाने भएका छन् ।

राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन यही भदौ अन्तिम साता उनी अमेरिका जान लागेका हुन् । आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले न्युयोर्कमा आयोजना हुने संयुक्त राष्टसंघको महासभामा सहभागी हुन भ्रमण स्वीकृत दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

महासभा सेप्टेम्बर १० देखि अमेरिकाको न्यूयोर्कमा हुँदैछ। ५ दिनसम्म अमेरिकामा रहेर उनी त्यतैबाट उत्तरी छिमेकी चीनको भ्रमणमा लाग्ने तयारीमा छन् ।