२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 4:45 pm
Banner

दलहरूबीच सहमति जुट्यो, सदन चल्ने

सूचना प्रेस २०८० भदौ ६ बुधबार ००:००, १३:५९ बजे १ मिनेट पढाइ

काठमाडौं । राष्ट्रिय मान्यताप्राप्त दलहरुको बैठकमा सहमति जुटेको छ । सुन तस्करी छानबिन र संसद खुलाउनेबारे सहमतिमा हस्ताक्षर हुन लागेको बैठकमा सहभागी एक नेताले बताए ।

सुन प्रकरणमाथि छानबिन गर्न उच्चस्तरीय समिति बनाउनेबारे छलफलका लागि राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठक सिंहदरबारमा बसेको थियो ।

उच्चस्तरीय आयोग गठनको माग गर्दै एमालेले १० साउनदेखि संसद बैठक अवरुद्ध गर्दै आएको छ । संसदको अर्को बैठक आजै ३ बजेका लागि बोलाइएको छ ।