८ मंसिर २०८१, शनिबार 1732385575
Banner

प्रतिनिधिसभा बैठक आज पनि बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आजपनि बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा बिहीबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।

यसअघि बुधबार लामो समयको अवरोधपछि बैठक सञ्चालनमा आएको थियो । एमालेको मागअनुसार सुन तस्करी प्रकरणमा छानबिन समिति बनाउने सहमति पछि संसदको अवरोध हटेको थियो । उक्त बैठकले ‘नेपाल विश्वविद्यालय विधेयक, २०८०’ दफावार छलफलका लागि संसदीय समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

सो बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि थप गरिएको विषय पनि जानकारी गराइएको छ ।