१० कार्तिक २०८१, शनिबार 1730002604
Banner

पूर्वकप्तान पारस खड्का क्यानको बागमती प्रदेश अध्यक्षमा उम्मेद्‍वारी दिने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का नेपाल क्रिकेट संघ क्यानको बागमती प्रदेश अध्यक्षमा उम्मेद्‍वारी दिने भएका छन् ।

शुक्रबार काठमाडौंमा भएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो जानकारी दिएका हुन् ।

साथै उनले बागमतीका ४ जिल्लाको समर्थनसहित बागमती प्रदेश अध्यक्षमा उठ्न लागेको जानकारी दिए । उनी काठमाडौं जिल्ला क्रिकेट संघका कार्य समिति सदस्य हुन् ।

पारसलाई काठमाडौं, ललितपुर, भक्तपुर र मकवानपुर जिल्ला क्रिकेट संघका अध्यक्षहरुले समर्थन गर्ने घोषणा गरेका छन् ।

काठमाडौं जिल्ला क्रिकेट संघका अध्यक्ष दिवाकर घलेले पारसलाई अध्यक्षको रुपमा अघि सारेको बताउँदै बागमती प्रदेशका बाँकी जिल्ललाई पनि पारसलाई नै समर्थन गर्न आग्रह गरे ।

Tags :