१० कार्तिक २०८१, शनिबार 1730002782
Banner

राप्रपा संसदीय दलको बैठक सुरु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ ।

भदौ ११ गते हुने प्रतिनिधिसभाअन्तर्गत रहेका संसदीय समितिहरुको सभापति निर्वाचनको विषयमा केन्द्रित भई बैठक सुरु भएको हो ।

विदेश भ्रमणमा रहेका कारण पार्टीका संसदीय दलका नेता राजेन्द्र लिङदेन भने बैठकमा सहभागी छैनन् ।
बैठकले संसदीय समितिको सभापतिका लागि हुने निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिने वा नदिने सम्बन्धमा निर्णय गर्नेछ ।

सभामुख देवराज घिमिरेले आइतबार दिउँसो १ बजेका लागि संसदीय समितिका सभापति चयनका लागि समय तोकेका छन् । संसदीय समिति सभापतिका लागि सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल एमालेले भागवण्डा गरेका छन् भने विपक्षी दलहरु रास्वपा र राप्रपालाई भने बाहिर राखिएको छ ।

Tags :