२७ भदौ २०८३, शनिबार 1789243423
Banner

प्रचण्डले जातीय युद्ध ल्याउने प्रयास गरे : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा जातीय द्वन्द्व निम्त्याउने प्रयास गरिरहेको बताएका छन् । शनिबार विराटनगरमा नेपाल प्रेस युनियन मोरङ शाखाको पदस्थापना कार्यक्रमलाई सम्बोधनका क्रमममा उनले यस्तो बताएका हुन् ।

गर्दै नेता कोइरालाले धार्मिक सद्भाव लड्खडाइरहेको अवस्थामा प्रधानमन्त्री दाहालले थप द्वन्द्व निम्ताउने प्रयास गरेको आरोप लगाएका हुन्।

प्रतिनिधिसभा सदस्य कोइरालाले भने,‘अहिलेको अवस्थामा जातीय द्वन्द्व निम्ताउने प्रयास प्रधानमन्त्रीले गरिसक्नु भएको छ। परिस्थिति धार्मिक खासियत लडखडाएको छ।’

पछिल्लो समय सुनसरीको धरानमा भएको घटनाले मुलुकमा असर गर्ने भन्दै कोइरालाले भने–मुलुकमा कुनै पनि धर्मको बाहुल्यता नभएपछि संविधानमा लेखेको कुरालाई नजरअन्दाज गर्न सकिदैन। संविधानमा लेखिएका कुरा बाहिरको कदापी स्वीकार्य हुँदैन। कुनैपनि पनि प्रकारको सद्भाव खलबल्याउने कार्य हुनु हुँदैन।’

उनले मुलुकको राजनीति कता मोडिएको भन्दापनि अफ्टयारो परिस्थितीमा गएकोमा चिन्तित भएको बताए।नेता कोइरालाले भने, ‘देशको प्रधानमन्त्रीले बहुमत दिए जातीय पहिचानको प्रदेश बनाउछु भनेर अभिव्यक्ति दिए। त्यो कत्तिको उचित हो रु’ जिम्मेवार व्यक्तिबाट यसप्रकारका अभिव्यक्ति आउँदा मुलुकमा अप्ठ्यारो अवस्था आउनेछ।’

त्यसैगरी, उनले मुलुक अन्तर्राष्ट्रिय तस्करहरूको अखडा बन्दै गएको पनि बताए। उनले भने, ‘यहाँ देखिएको सुन तस्करले विश्वलाई केन्द्रित गराएको छ। सुनकाण्डमा भारत र चीन देखिएका छन्। तर अरू मुलुकले समेत चलखेल गर्दै आएकाछन्। सुन तस्करी काण्डमा सरकारले उच्च स्तरीय छानवीन समितिबाट छानविन गर्नुपर्नेछ । सुन काण्डको छिनोफानो जनताले बुझ्ने गरि हुनुपर्छ।’

Tags :