१० कार्तिक २०८१, शनिबार 1730001877
Banner

एमसीसी लागू हुन नदिने मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीको चेतावनी

काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्जस कर्पोरेशन (एमसीसी) लागू हुन नदिने बताएका छन् ।

नेता सिपी गजुरेलले राष्ट्रघाती एमसीसी परियोजना संसदबाट पास भएपनि आफूहरुले त्यसलाई लागू हुन नदिने चेतावनी दिएका हुन् ।

शनिबार काठमाडौँमा आयोजित ‘एमसीसी खोरजी र फिर्ता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भदौ १४ गतेबाट एमसीसी मुलुकका विभिन्न भागबाट लागू हुने कार्यक्रम तय गरिएको उल्लेख गर्दै त्यसको विरोधमा आफूहरुले सोही ठाउँमा प्रदर्शनसहितको आन्दोलन गर्ने घोषणा गरे ।

‘अब यो लागूृ गर्ने चरणमा गएको छ । सम्झौता खारेज गर्न त हामीले प्रयास ग¥यौ, सकेनौं । सम्झौता त संसदबाट पास गरे । तर अहिले आएर उनीहरुले गर्न खोजेको के हो भने अब लागू गर्ने चरणमा छन् । यो हामी हुन दिन्नौं’ उनले भने, ‘आगामी १४ गतेबाट ठाउँ ठाउँमा लागू गर्ने योजना बनाएका छन् । र, यो परियोजनालाई लागू गर्ने उनीहरुले डेट फिक्स गरेका छन् । हामीले त्यसैलाई लक्षित गरेको हो, आज यो कार्यक्रम त्यसैका लागि हो ।’

Tags :