१२ कार्तिक २०८१, सोमबार 1730103193
Banner

सन्दीपको मुद्दा आज पनि हेर्न नभ्याइनेमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजको पेशी पनि स्थगित भएको छ । न्यायाधीश प्रकाशकुमार पण्डितको इजलासमा परेको मुद्दा हेर्न नभ्याइनेमा राखिएको हो ।

पेशीको सूचीमा पाँचौ नम्बरमा रहेको मुद्दालाई समय अभाव देखाउँदै न्यायाधीसले हेर्न नभ्याउनेमा राखेका हुन् । यसअघि पनि विभिन्न बहाना गरेर मुद्दा सर्दै आएको थियो ।

आज पनि मुद्दाको सुनुवाइ सुरु हुन नसकेपछि एसिया कपअघि फैसला आउने सम्भावना कमजोर बनेको छ । अर्को पेशीको मिति आजै तोकिने छ । मुद्दाको फैसला आउने अपेक्षा अदालत परिसरमा भिडभाड भएको थियो । बहस स्थगनको सूचना आएपछि सन्दीपका समर्थक निराश भएर फर्किए ।