१० कार्तिक २०८१, शनिबार 1729995629
Banner

प्रचण्डलाई देश निकाला गर्नुपर्छः : ऋषि कट्टेल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई देश निकाला गर्नुपर्ने बताएका छन् ।

एमसीसी कार्यान्वयनविरूद्ध विप्लव नेतृत्वको नेकपाले सोमबार राजधानीमा गरेको अन्तक्रियाका क्रममा उनले यस्तो बताएका हुन् ।

‘एमसीसी पास गर्ने पुष्पकमल दाहाल राष्ट्रघाती हुन् । उननलाई देश निकाल नगरेसम्म एमसीसी खारेज गर्न सकिँदैन’, झलनाथतिर देखाउँदै उनले प्रश्न गरे, ‘तपाईंहरूकै अध्यक्ष हो क्यारे । पुष्पकमल दाहालाई राष्ट्रघाती भन्ने आँट छ रु उनको विरूद्ध आन्दोलन गर्ने आँट छ रु सबै मिलेर अब पुष्पकमललाई देश निकाला गर्नुपर्छ ।’

Tags :