२७ भदौ २०८३, शनिबार 1789246092
Banner

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदहरुका प्रश्नको उत्तर दिने

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दै छ । आज बिहान ११ बजे बैठक बस्ने संघीय संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यक्रम रहेको छ । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ५६ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूचीमा रहेको छ ।

त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद्को महासिचव डा. भरतराज गौतम जानकारी दिए ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रम आजको बैठकमा हुनेगरी निर्धारण गरेका थिए । यसपटकको प्रश्नोत्तरमा समूह २ मा रहेका सांसदहरूले प्रश्न सोध्न पाउने सभामुख घिमिरेले बताए ।