११ कार्तिक २०८१, आइतबार 1730060281
Banner

तम्घासबाट बुटवल आउँदै गरेको जीप पहिरोमा पुरियो, तीन जनाको मृत्यु

काठमाडौं । पाल्पाको रिब्दिकोट गाउँपालिका २ जोर्तेमा पहिरोले जीप पुर्दा ३ जनाको मृत्यु भएको छ। ८ जना घाइते भएका छन्। गुल्मीको तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो गाडी जोर्तेमा पहिरोमा परेको हो।

पहिरोमा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको र तीन बच्चासहित ८ जनालाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

गुल्मीबाट बुटवलतर्फ जाँदै भाडाको स्कारपियो बिहान साढे ८ बजे पहिरोले च्यापिएको जिल्ला ट्राफिक कार्यालय पाल्पाले जनाएको छ । पहिरो खस्दा पाल्पा–गुल्मी सडकखण्ड बन्द भएको छ।