११ कार्तिक २०८१, आइतबार 1730066496
Banner

एसिया कप क्रिकेट : आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं- सौह्रौं संस्करणको एसिया कप आजबाट पाकिस्तानमा सुरु हुँदैछ । पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा नेपाल र घरेलु टोली पाकिस्तानको खेलसँगै एसिया कपको सुरुआत हुँदैछ ।

नेपालको कप्तानी रोहित पौडेलले गर्दैछन् । नेपालले पहिलोपटक पाकिस्तानसँग खेल्दैछ । विश्व ओडिआई वरियता शीर्षस्थानमा रहेको पाकिस्तानविरुद्ध नेपालको लक्ष्य उत्कृष्ट क्रिकेट खेल्ने हुनेछ । नेपाल एसिया कपमा डेब्यू गर्ने हुँदा निकै उत्साहित पनि छ ।

नेपाल र पाकिस्तानबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ । पाकिस्तानलाई पराजित गर्न नेपालले आफ्नो बलियो प्लेईङ-११ मैदानमा उतार्ने छ ।

यसैगरी नेपालविरुद्धको खेलको लागि पाकिस्तानले प्लेईङ-११ को घोषणा गरेको छ । बाबर अजामको कप्तानीमा प्लेईङ-११ को घोषणा गरिएको छ ।