१८ श्रावण २०८३, सोमबार 1785759533
Banner

चीनले अरुणाञ्चल सीमा क्षेत्र आफ्नो नक्सामा पारेपछि भारतको आपत्ति

काठमाडौं । चीनले आफ्नो नक्सामा अरुणाचल प्रदेश अक्साई चीन र भारतका भूभाग क्षेत्रलाई समावेश गरेपछि भारतले कडा आपत्ति जनाएको छ।

भारतीय विदेशमन्त्री एस जयशंकरले नक्साको विषयमा चीनले बेतुकको दाबी गरेको भन्दै आपत्ति जनाएका हुन् ।

केही दिन अघिमात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ प्रधानमन्त्री सी जिनपिङबीच भएको भेटमा सीमा विवाद सुल्झाउने विषयमा कुराकानी भएको थियो।

यस किसिमको बेतुक दाबीलाई हामी खारेज गर्दछौं। चीनको यो कदमले सीमा विवाद सुल्झिनुको साटो झन् बल्झिने खतरा छ, उनले प्रेस नोटमा भनेका छन्।