११ कार्तिक २०८१, आइतबार 1730060082
राजनीति

प्रधानमन्त्री प्रचण्डकै कारण नेपालको मेडिकल शिक्षा ध्वस्त बन्यो : सांसद शर्मा

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनील शर्माले प्रधानमन्त्री प्रचण्डकै कारण नेपालको मेडिकल शिक्षा ध्वस्त भएको आरोप लगाएका छन् । माओवादीकै शिक्षामन्त्री भएको बेला कार्यकर्ता परिचालन गरेर ७८ वटा नर्सिङ कलेज बन्द गराएको उनले बताए । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मेडिकल व्यवसायीसमेत रहेका शर्माले माओवादीले देशमा व्यावसायिक वातावरण बिगारेको बताए ।

प्रचण्डको नेतृत्वमा तत्कालीन माओवादीको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नेकपा (माओवादी)का कार्यकर्ता कृष्ण गिरी सरलाई त्यो आयोगमा पठाएर नेपालका ११७ चालु नर्सिङ कलेजमध्ये ७८ वटालाई बन्द गर्नुभयो, उनले भने, नेपाली नर्सहरू हाम्रा लागि पनि नपुग्ने गरी भारतीय बोडरतिर भन्दा तलतिर कलेज खोलेर पढ्न पठाउनुभयो ।

यो राजनीतिक अपराधीकरण हो कि हैन ? आफ्नै सत्तामा आफैँ भएका बेला आफ्नै शिक्षामन्त्री हुँदा माओवादी कार्यकर्ता त्यहाँ पठाउने नेपालको मेडिकल नर्सिङ शिक्षालाई ध्वस्त बनाउने काम भयो ।