२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 2:39 pm
Banner

ग्यासको मूल्य प्रतिसिलिन्डर २३५ रुपैयाँ बढ्यो

सूचना प्रेस २०८० भदौ १५ शुक्रबार ००:००, ०५:०५ बजे १ मिनेट पढाइ

काठमाडौं । नेपाल आयल निगमले ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले एकैपटक ग्यासको मूल्य प्रतिसिलिन्डर २३५ रुपैयाँ वृद्धि गरेको हो ।

भारतीय आयल निगमले बिहीबार पठाएको नयाँ मूल्यसूचीअनुसार ग्यास १८६.४५ रुपैयाँ बढेर आएको छ । सो मूल्यमा निगमले भ्याट जोडेर नयाँ मूल्य कायम गरेको हो।

निगमले मूल्य बढाएसँगै आज रातिदेखि एक सिलिन्डर ग्यास किन्न उपभोक्ताले १८९५ रुपैयाँ खर्चिनुपर्ने भएको छ । यसअघि ग्यासको मूल्य १६६० रुपैयाँ थियो ।