४ भदौ २०८३, बिहिबार 1787279625
Banner

जङ्गली च्याउ खाँदा छोरा छोरीको मृत्यु

काठमाडौं । जङ्गली च्याउ खाँदा बझाङ्गमा छोराछोरीको मृत्यु भएको छ।

मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका–६ नौराका ७ वर्षिया सञ्जिला कठायत र १२ वर्षिय सुदीप कठायत छन्।

आमा पुनी कठायतले मंगलबार जंगलबाट ल्याएको च्याउ पकाएर खुवाएपछि दुई बालबालिका बिरामी परेपछि उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि बिरामी बालिका सञ्जिलालाई डडेल्धुरा रिफर गरेको थियो। डडेल्धुरा पुर्‍याउन नपाउदै उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

आमा पुनी कठायतको उपचार भईरहेको छ ।