२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 12:57 pm
Banner

महिला टी–२० विश्वकपको एसियाली छनोटमा नेपालको दोस्रो जित

सूचना प्रेस २०८० भदौ १५ शुक्रबार ००:००, १३:३६ बजे १ मिनेट पढाइ

काठमाडौं । महिला टी–२० विश्वकपको एसियाली छनोटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। शुक्रबार भएको खेलमा नेपालले बहराइनलाई १० विकेटले पराजित गर्‍यो ।

पहिला ब्याटिङ गरेको बहराइन १५।४ ओभरमा ३१ रनमा अलआउट भएको थियो। नेपालकी इन्दु बर्माले ३ विकेट लिइन्। नेपालले २.५ ओभरमा विकेट नगुमाई लक्ष्य भेट्टायो। नेपालले १३ अतिरिक्त रन पाएको थियो। कविता कुँवरले अविजित १७ र सिता रानामगरले २ रन बनाइन्।

यसअघि पहिलो खेलमा नेपालले मलेसियामाथि ५ रनको रोमान्चक जित हात पारेको थियो।

Tags :