७ भदौ २०८३, आइतबार 1787508848
Banner

बागमती क्रिकेट संघको अध्यक्षमा पारस खड्का निर्वाचित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को बागमती अध्यक्षमा राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का निर्वाचित भएका छन्।

शुक्रबार भएको निर्वाचनमा प्रतिस्पर्धी उमेश पियालाई हराउँदै खड्का अध्यक्षमा निर्वाचित भएका हुन्। मतगणनामा खड्काले २३ मत पाउँदा पियाले १४ मत मात्रै पाए। खड्काले काठमाडौं, भक्तपुर, ललितपुर र मकवानपुर गरी चार जिल्लाका पदाधिकारीहरूसँग मिलेर संयुक्त प्यानल बनाएका थिए। सोही प्यानलको मतमा खड्का शुक्रबार भएको अधिवेशनमा अध्यक्षमा निर्वाचित भए।

निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफूले तत्कालका लागि केन्द्रीय अध्यक्षको बारेमा नसोचेको भन्दै ६ वटै प्रदेशका पदाधिकारीहरूसँग बसेर छलफलपछि केन्द्रीय परिवेशबारे निर्णय लिने समेत बताए।

उनले प्रदेश अध्यक्ष भएसँगै प्रदेशका ६ वटै जिल्लाको क्रिकेटको विकासमा समान रूपले काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।