७ भदौ २०८३, आइतबार 1787498973
Banner

माओवादीको विशेष रुपान्तरण अभियानको प्रधानमन्त्रीले गरे भर्चुअल उद्घाटन

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनसम्बन्ध कमजोर हुँदै जाने परिस्थितिसँग सिर्जना भएको संकट चिर्न अभियानले नयाँ प्राण भर्ने बताएका छन्। पार्टी मुख्यालय पेरिसडाँडाबाट आज बिहान ‘जनतासँग माओवादी’विशेष रुपान्तरण अभियानको उद्घाटन गर्दै प्रचण्डले पार्टीको जीवन र जनताको सपना पूरा गर्ने ऐतिहासिक दिन आजलाई बनाउनुपर्ने बताएका हुन्।

उनले आजको युगको नेतृत्व गर्ने विचार निर्माण गर्ने आधार तयार पार्ने उल्लेख गरे। प्रचण्डले विशेष रुपान्तरण अभियानले जनतामाझ पुगेर आजको युग सापेक्ष अग्रगामी सभ्य राजनीतिक संस्कार र चिन्तनको समेत विकास गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे। 

प्रधानमन्त्री प्रचण्डले सरकारका तर्फबाट भएका जनपक्षीय कामको प्रचार गर्न निर्देशन दिए। उनले आफूले गरेका राम्रा काम पनि जनतामाझ पुग्न नसकेको धारणा राखे। उनले जनतामा छाएको निराशालाई हटाउन अभियानले भूमिका खेल्ने बताए। 

उनले माओवादीले मात्र समृद्ध नेपाल निर्माण गर्न सक्ने बताए।