१६ जेष्ठ २०८३, शनिबार 1780186991
Banner

कोसी सरकारविरुद्धको रिट न्यायाधीश मल्ल र माथेमाको इजलासमा

काठमाडौं : कोसी प्रदेश सरकारविरुद्धको रिटमाथि आज सुनुवाइ  हुने भएको छ। रिटको पेशी न्यायाधीशहरू सपना प्रधान मल्ल र सुष्मालता माथेमाको इजलासमा तोकिएको छ।

यसअघि शुक्रबार  रिटमाथि सुनुवाइका लागि न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र  माथेमाको संयुक्त इजलासमा पेशी तोकिएको थियो।  तर,न्यायाधीश खतिवडाले प्राम्भिक सुनुवाइका क्रममा आफूले अन्तरिम आदेश दिइसकेकाले पूर्णसुनुवाइका लागि इजलासमा बस्न नमिल्ने बताएपछि सुनुवाइ स्थगित भएको  थियो।

भदौ ७ गते सो रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश खतिवडाको इजलासले कारण देखाउ आदेश जारी गर्दै रिटको अन्तिम टुंगो नलागुन्जेलसम्म दीर्घकालीन असर पर्ने प्रकृतिका कुनै पनि निर्णय नगर्न कोसी प्रदेश सरकारलाई अन्तरिम आदेश दिएको थियो। 

कोसीमा मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मत असंवैधानिक भएको दाबी गर्दै एमाले कोसी प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यन्त्री हिक्मतकुमार कार्कीले रिट दायर गरेका थिए।