७ भदौ २०८३, आइतबार 1787508904
Banner

लुम्बिनी प्रदेश प्रथम अधिवेशन सहमतिमै नेतृत्व चयन गर्न ओलीको सुझाव

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा सहमतिमै नेतृत्व चयन गर्न सुझाव दिएका छन् ।

आइतबार बिहान बन्द सत्रमा सम्बोधन गर्दै ओलीले एकताबद्ध भएर जान प्रतिनिधिलाई निर्देशन उनले दिएका हुन् । सहमतिको जिम्मेवारी उनले पार्टी सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्याललाई जिम्मेवारी दिएका छन् ।

एउटा पद नहुँदै केही बिग्रिने छैन, म नभए पनि विष्णुजी नभए पनि सबै अधिकार इन्चार्ज अर्यालजीलाई दिएको छु, यहाँको सबै आधिकारिक निर्णय उहाँले सुनाउनुहुन्छ, नमाने चुनावमा जाने अधिकार सबै प्रतिनिधिलाई छ, ओलीले भने ।

नेताहरूलाई पार्टी निर्माणका लागि त्याग गरेर अघि बढ्न उनको आग्रह छ ।

‘मेरो अन्तिम निष्कर्ष चुनावमा भरसक नजानुस् । लुम्बिनीले नमूना देखाउँछ भनेर पहिले नम्बरमा राखेका हौं’, अध्यक्ष ओलीले भने, ‘एउटा पद नहुँदैमा केही बिग्रिँदैन । नेतृत्वले पार्टी हितविपरीत केही पनि सोच्दैन । तपाईँहरू एकताबद्ध भएर जानै पर्छ । तपाईँहरू पार्टीलाई के असर पर्छ भनेर सोचेर जानुपर्छ ।’

अध्यक्ष ओलीले निर्वाचन सम्पन्न गर्नका लागि सबै अधिकार पार्टी सचिव तथा लुम्बिनी इन्चार्ज पदमा अर्याललाई भएको बताउँदै दृढतापूर्वक अघि बढ्न आग्रह गरे । अर्याललाई निर्देशन गर्दै ओलीले भने, ‘फैसला दिनु पर्‍यो भने दृढतापूर्वक दिनुस्, मनाउनुस् ।’

Tags :