१० कार्तिक २०८१, शनिबार 1729987976
Banner

३८ रन बनाएर कुशल भुर्तेल आउट

काठमाडौं । एसिया कपमा नेपालले टेष्ट राष्ट्र भारतविरुद्ध राम्रो सुरुवात गरेको छ ।

नेपालले ९.५ ओभरमा पहिलो विकेट गुमाएको छ ।

कुशल २५ बलमा ३८ रन बनाएर आउट भएका छन् । ९.५ ओभरको खेल सकिँदा नेपालले एक विकेट गुमाएर ६५ रन जोडेको छ । ओपनर आसिफ शेख २२ रनका साथ क्रिजमा छन् भने उनलाई साथ दिन भीम सार्की आएका छन् ।

अघिल्लो बलमा छक्का प्रहार गरेका कुशल एज लागेर विकेटकिपरबाट क्याच आउट भएका हुन् । उनलाई शार्दुल ठाकुरले आउट गरे ।

नेपालले १० ओभरमा एक विकेट गुमाएर ६५ रन जोडेको छ । आसिफ शेख २३ रनमा खेल्दैछन् ।

Tags :