१० कार्तिक २०८१, शनिबार 1730002637
Banner

कांग्रेसले अघि बढायो, निर्वाचनमा अनुशासन उल्लघंन गर्नेहरुलाई कारबाहीका लागि प्रक्रिया


काठमाडौं । नेपाली कांग्रेसले गत निर्वाचनमा पार्टीबाट अनुशासन उल्लङ्घन गर्ने नेता–कार्यकर्तामाथि कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।

निर्वाचन भएको एक वर्षपछि अन्तर्घातका उजुरीमाथि अनुशासन समितिले छानबिनको प्रक्रिया अगाडि बढाएको हो

कांग्रेसमा गत स्थानीय, प्रदेश र संघीय चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा ४३ जिल्लाबाट दुई हजार ३ सय उजुरी परेको छ ।

अनुशासन समितिले कार्यविधि नै बनाएर उक्त उजुरीमाथि ‘फास्टट्र्याक’ कारबाही अगाडि बढाउने निर्वाचन समितिका संयोजक आनन्द ढुंगानाले बताए । भदौ ५ मा अनुशासन समितिले पूर्णता पाएपछि १५–२० जिल्लाको उजुरी हेरेर भ्याएको उनको भनाइ छ ।

Tags :