१६ जेष्ठ २०८३, शनिबार 1780193539
Banner

अध्यक्षको निधनमा काठमाडौं महानगरपालिकाका वडामा भोलि शोक बिदा

काठमाडौं । काठमाडौं महानगरपालिकाले भदौ २२ गते शुक्रबार शोक बिदा दिने निर्णय गरेको छ ।

महानगरको नगर कार्यपालिकाको कार्यालयका विभाग प्रमुख दीपक अधिकारीका अनुसार वडा नं. १६ का अध्यक्ष मुकुन्द रिजालको बिहीबार ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएकाले महानगरपालिका अन्तर्गतका कार्यालयहरुमा शोक बिदा दिने निर्णय गरिएको हो ।

काठमाडौं क्षेत्र ७ का क्षेत्रीय सभापतिसमेत रहनुभएका रिजाललाई डेंगु सङ्क्रमण भएपछि निमोनिया भएको थियो । उपचारका लागि आइसियू हुँदै दुई दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा उहाँको निधन भएको हो ।