११ कार्तिक २०८१, आइतबार 1730024115
राजनीति

बालेनको अभिव्यक्ति आपत्तिजनक भएको एमाले कामनपा कमिटीको निर्णय

काठमाडौं । नेकपा एमाले काठमाडौं महानगर कमिटीको बैठकले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको अभिव्यक्तिप्रति घोर भत्र्सना गर्ने निर्णय गरेको छ ।

भदौ २० गते बिहीबार बसेको कमिटीको बैठकले मेयर शाहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै यस्तो निर्णय गरेको एमाले काठमाडौं महानगर कमिटी अध्यक्ष निर्मल देउलाले बताए ।

मेयर शाहले केही दिनअघि काठमाडौं महानगरका कुनै पनि सवारीसाधन रोके सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका थिए ।

साथै, उनले सबै नेताहरुलाई चोरको संज्ञा दिएका थिए । उनको सो अभिव्यक्तिले निकै चर्चा पाए पनि सामाजिक सञ्जालबाट उनले सुटुक्क हटाएका थिए । जसको चौतर्फी आलोचना भइरहेको छ ।

यस्तै, बैठकले पार्टी संगठन सुद्धीकरण अभियानलाई थप व्यापक बनाउँदै परिचालन गर्ने, कमिटीका सदस्यहरुको हेरफेर गर्ने निर्णय गरेको छ ।

Tags :