११ कार्तिक २०८१, आइतबार 1730023717
Banner

कांग्रेस, एमाले र माओवादीविरुद्ध गलत भाष्य निर्माण गर्न खोजिँदैछ : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस, एमाले र माओवादीविरुद्ध गलत भाष्य निर्माण गरेर अराजकता सिर्जना गर्न खोजेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । लोकतन्त्र नेपाली जनताले त्याग, तपस्या र बलिदानबाट ल्याएको व्यवस्था भएको बताँदैउनले भने, ‘लोकतन्त्रमा पनि केही कमीकजोरी हुनसक्छन् । लोकतान्त्र भनेको आजको दिनमा सबैभन्दा उत्कृष्ट व्यवस्था हो । संसारभर सम्भावना भएका विकल्प रहेका व्यवस्थामा सबैभन्दा राम्रो व्यवस्था भनेर स्थापित भएको तथ्य हो । लोकतन्त्रमा कमीकमजोरी छन् भनेपनि लोकतान्त्रिक व्यवस्थाले त्यसलाई आफैँ ठीक गरेर जाने ल्याकत राख्छ ।’

उनले आफ्ना फरक मत शान्तिपूर्ण ढंगले राख्न पाइने बताए ।

लेखकले भने, ‘यो व्यवस्थामाथि आक्रमण भइरहेको छ । यी कृतिम रूपले बनाएका भाष्यहरुलाई हामीले राम्रोसँग चिन्नुपर्छ । कांग्रेसलाई खुकुरी प्रहार गरेर समाप्त पार्छु भन्ने कसैले नसोचे हुन्छ । कांग्रेस, एमाले, माओवादीलगायत संघीय लोकतान्त्रिक गणतन्त्रात्मक पक्षधर दलहरूलाई पुराना हुन् खराब छन् यो मुलुकलाई निकास दिन सक्दैनन् । भन्ने कृतिम भाष्य खडा गरेर लोकतन्त्र समाप्त पार्ने कसैको सपना छ भने त्यो दिवा सपना हुनेछ ।’