११ कार्तिक २०८१, आइतबार 1730059854
Banner

बस दुर्घटनामा ज्यान गुमाउने सातै जनाको सनाखत

काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिका ८ शम्शेरगञ्जमा शुक्रबार बेलुका भएको बस दुर्घटनामा मृत्यु हुने सातै जनाको सनाखत भएको छ।

शुक्रबार बेलुका साढे ९ बजे दाङबाट बर्दिया जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस शुक्रबार बेलुका साढे ९ बजे बाँकेको राप्तीसोनारी गाउँपालिका ८ शमशेरगञ्जमा सडकमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकसँग ठोक्किँदा चालकसहित सात जनाको मृत्यु भएको थियो। बाँके प्रहरीका अनुसार मृत्यु हुनेमा बर्दियाको ठाकुरबाबा नगरपालिका ९ का ५० वर्षीय काशीराम थारू, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रूपा परियार, ४० वर्षीया जयन्ती थारू, ६५ वर्षीय चानुराम थारू छन्। बसका चालक बर्दियाको ठाकुरबाबा ८ का ५५ वर्षीय जुगबहादुर चन्दको सहचालक बर्दियाको बारबार्दिया नगरपालिका ७ का ३४ बसन्त कार्कीको पनि मृत्यु भएको छ।

बसमा ४१ यात्रु सवार थिए। उनीहरू सबै बेतना सामुदायिक वन उपभोक्ता समितिबाट धार्मिक भ्रमणमा गएका थिए। धार्मिक भ्रमणबाट फर्किने क्रममा सडकमा रोकिएको ट्रकसँग बस ठोक्किएको हो।