२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 1:55 pm
विश्व

मोरोक्कोमा शक्तिशाली भूकम्प, २९६ काे मृत्यु

सूचना प्रेस २०८० भदौ २३ शनिबार ००:००, ०९:१४ बजे १ मिनेट पढाइ

लन्डन । अफ्रिकी देश मोरोक्कोमा एका विहानै शक्तिशाली भूकम्प गएको छ । 

भूकम्पका कारण त्यहाँ अहिलेसम्म २९६ जनाभन्दा बढीको मृत्यु भएको छ । 

अन्तराष्ट्रिय समाचार संस्थाका अनुसार सो भुकम्पमा परी १५३ जना गम्भीर घाइते भएका छन् ।

भूकम्पको तीव्रता ६ दशमलव ८ रहेको बताइएको छ । भग्नावशेषबाट मानिसलाई निकाल्न उद्दार कार्य भइरहेको छ । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।