१६ आश्विन २०८३, शुक्रबार 2:14 am
Banner

पार्टी निर्माणमा ग्राउण्डका सुझावलाई प्राथमिकता दिनुपर्छ : एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वरक्षामन्त्री ईश्वर पोखरेलले पार्टी निर्माणका ग्राउण्ड लेबलका कुरा सुन्नुपर्ने बताएका छन्

शनिबार ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चद्वारा अयोजित पार्टी विस्तार, सुदृढीकरण, अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा पार्टीमा माथिबाट विचार थोपरेर मात्रै नहुने बताउँदै पार्टी निर्माणका दुवैतर्फका विचार आदानप्रदान हुनुपर्ने बताएका हुन् ।

‘पार्टी निर्माणमा माथिबाट तलतिर विचार थुपरेर मात्रै हुँदैन, तलका कुरा पनि सुन्नुपर्छ,’ पोखरेलले भने ।

पार्टी निर्माणका लागि पार्टीले गरेका निर्णय तल्लो तहसम्म प्रभावकारी रुपमा पुग्न नसकेको बताए । उनले भने, ‘पाटीले निर्णय गर्छ, तल अर्कै कुरा पुगेको हुन्छ । अनि पार्टी बन्छ कसरी ?
यस्तै, फरक प्रसंगमा उनले सारा विरोधी एमालेलाई सिध्याउने हिसाबले एक ठाउँमा जम्मा भएर हमला गरिरहेको बताए ।

उनले भने,‘अहिले पनि हाम्रा अगाडि चुनौती छन् । आफैँभित्रका चुनौती र कमजोरी छन् । र बाहिर पनि शत्रुले मिलेर हामीलाई हमला गर्दैछन् । सारा विरोधी एक ठाउँमा जम्मा भएर एमालेलाई सिध्याउने हिसाबले हमला गर्दैछन् । यस बीचमा हाम्रो मेलमिलाप हुनुपर्छ । एक हुनु पर्छ ।’

कार्यक्रममा पार्टीमा कार्यान्वयनमा रहेको ७० वर्षे हदम्याद किन नहटेको, महिला किन नेतृत्व तहमा पुग्न सकिरहेका छैनन, र सामाजिक सञ्जालमार्फत् नेकपा एमालेमाथि हमला हुनुको कारण के ? जस्ता प्रश्न राखिएको थियो ।

कार्यक्रममा नेकपा एमले नेता तथा स्थायी कमिटी सदस्य लालबाबु पण्डित, नेकपा एमाले ओखलढुंगा–काठमाडौं सम्पर्क कमिटी इन्द्र भण्डारी, ओखलढुंगा जिल्ला इन्चार्ज खगेन्द्र राईलगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

Tags :