१० कार्तिक २०८१, शनिबार 1730002090
Banner

समाजवादी मोर्चा सत्ता लम्ब्याउने बाटो मात्रै हो : धर्मेन्द्र बाँस्तोला

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता धमेन्द्र बाँस्तोलाले सत्तारुढ तीनदल र संसद बाहिरको नेकपा मिलेर बनेको समाजवादी मोर्चाले आगामी चुनावमा एक सिट पनि नजित्ने बताएका छन् ।

आइतबार बुटवलमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधनका क्रममा प्रवक्ता बाँस्तोलाले यस्तो बताएका हुन् । उक्त मोर्चा संसदवादलाई संस्थागत गर्न र प्रधानमन्त्री प्रचण्डको सत्ताको आयु लम्ब्याउन मात्रै प्रयोग भएकाले छिटै पतन हुने उनको दाबी छ । मोर्चामा रहेका दलहरुबीच वैचारिक र सैद्धान्तिक विषयमै ठूलो मतभेद रहेकाले यसको आयु धेरै नहुने उनको भनाइ छ ।

‘समाजवादी मोर्चाले जनजीविका, राष्ट्रियताको रक्षा गर्दैन,यसले संसदवादलाई संस्थागत गर्छ,प्रचण्डलाई सत्ता टिकाइराख्न बार्गेनिङ टुल्सको काममात्रै गर्छ,’प्रधानमन्त्री प्रचण्ड र विप्लवकापुर्व सहकर्मी समेत रहेका बास्तोलले भने,’यो मोर्चा पतनको बाटोमा छ,चुनावमा गए एक सिट पनि जित्दैन भनेर प्रचण्डलाई पनि भनिदिएको छु ।’

प्रवक्ता बास्तोलाले अहिलेको संसदीय व्यवस्थामा नेत्रविक्रम चन्द विप्लव प्रधानमन्त्री भएको खण्डमा प्रचण्ड भन्दा पनि खराब भएर निस्कने आरोप लगाए ।

नेता बास्तोलाले राष्ट्रिय स्वतन्त्र पार्टीलगायत नयाँ दलहरुले पनि देश चलाउन नसक्ने बताए । उक्त पार्टीका अध्यक्ष रवि लामिछानेमाथि अमेरिकामा रहँदा बैंक ठगीलगायत थुप्रै मुद्दा रहेको जिकिर गर्दै बास्तोलाले उनी नेतृत्वको पार्टी देशका समस्याहरुको समाधान नभएको बताए ।

‘रवि लामिछानेले देशको अवस्था बदल्छौं भन्ने नारा ठीक छ तर उनको पार्टीबाट देशको अवस्था बदलिन्छ भन्ने कुरा भ्रममात्र हो, उनी स्वयंमाथि थुप्रै नैतिक प्रश्न उठिसकेका छन् ।’

मुलुकमा भ्रष्टाचार नीगित र संस्थागत भएकाले अहिलेको संविधान र कानून नबदलेसम्म ठूला भ्रष्टाचारमा कोही पनि कारबाहीमा नपर्ने उनको तर्क छ ।

केही दिनअघि चिनियाँ राष्ट्रपतिले दिएको अभिव्यक्तिको शैली सही नभए पनि सारमा उनको भनाइ सही भएको बास्तोलाले टिप्पणी गरे ।

नेपालमा समाजवादी र स्वाधीन अर्थतन्त्रनभएको भन्ने चिनियाँ राजदूतको भनाइ सही भएको उनले बताए । एमसीसी र एसपीपी कार्यान्वयनमा आएको खण्डमा नेपाल युक्रेन, घाना र कंगो जस्तै हुने उनको दाबी थियो ।

Tags :