१० कार्तिक २०८१, शनिबार 1729995648
Banner

संविधानमा लेखिएको समाजवादउन्मुख राष्ट्रको अझै अभ्यास गर्न पाइएन :देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमा नेपाल समाजवादउन्मुख राष्ट्र भनेर लेखे पनि सोको अभ्यास गर्न नपाएको बताएका छन् ।

आइतबार बीपी कोइरालाको ११०औं जन्मजयन्तीको अवसरमा आयोजित बीपी साहित्य महोत्सवको उद्घाटन समारोहलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

नेपाली कांग्रेसले बहुदलीय शासन प्रणालीमा प्रजातान्त्रिक समाजवादलाई मूल सिद्धान्त बनाएर अघि बढिरहेको सो क्रममा उनले बताए ।

उनले भने, ‘लामो समयको अन्तरालसँग आज हाम्रो मुलुक पनि बीपीले देखाएको मार्गमा अघि बढिरहेको छ । तर, स्थायित्व पाएको छैन । नेपाल समाजवादउन्मुख राष्ट्र भनेर संविधानमा लेखेका छौं । तर, अभ्यास र अनुभूति गर्न पाएका छैनौं ।’

Tags :