काठमाडौं । साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ । न्युमोनिया देखिएपछि अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा आज बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

साहित्यमा विशेष रुची राख्ने पराजुलीका दर्जनौं कथा त्यतिकै कृति पनि प्रकाशित छन् ।
पराजुलीको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ ।